प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीबाट घर नष्ट

२०८०-०४-२८

  • A
  • A-
  • A+
Share

रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-४, दार्खा स्थितमा बस्ने दिपेश मगरको ईट्टा र सिमेन्टको गारो लगाएको जस्ताले छाएको एक तले घरमा बिधुत सर्ट भई आगलागी भई घर भित्र रहेको नगद रु.६५,०००/-,सुन १/२(आदी तोला), अन्नपात, लत्ताकपडा, भाडावर्तन र घर समेत गरी अन्दाजी रु.७२१,३००/-(सात लाख एकाईस हजार तिन सय ) बराबरको क्षति भएको भनि प्रहरी चौकी गौश्वारा रामेछापबाट खटिएको टोलीले जनाएको छ । उक्त आगलागी स्थानियको सहयोगबाट नियन्त्रणमा लिईएको थियो । उक्त घटनामा मानविय तथा चौपाय क्षति भने भएको छैन ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-०९-२१

चितवन, राप्ती नगरपालिका-११, डुम्रेखाडी स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१प ७८५९ नम्बरको मोटरसाईकल, लु.२६प ६६९२ नम्बरको मोटरसाईकल र ना.५५प ७२३७ नम्बरको मोटरसाईकललाई शङ्का लागि रोकी चेकजाँच गर्ने क्रममा लु.२६प ६६९२ नं.को मोटरसाईकल र ना.५५प ७२३७ नं.को मोटरसाईकल पछाडी कालो प्लास्टिकले छोपेको अवस्थामा ५/५ वटा पोकामा ६२/६२ किलोग्राम गरी जम्मा १२४ किलोग्राम लागू औषध गाँजा सहित ३ वटा मोटरसाईकल फेला परेको । जिल्ला चितवन राप्ती नगरपालिका-११, डुम्रेखाडी बस्ने वर्ष ३३ को वीरबहादुर तामाङ र सोहि बस्ने वर्ष ३१ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिराख्दा ना.६१प ७८५९ नं.को मोटरसाईकलमा सवार हाल नामथर वतन नखुलेको २ जना पुरूष व्यक्ति फरार रहेकोलाई खोज तलास भईरहेको छ ।