प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट मृत्यु

२०८०-०४-२४

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौंडा उपमहानगरपा-५, सानोपोखरा बस्ने वर्ष अन्दाजी ४६ को विश्वास अर्यालले आफ्नै घरमा पाराफिट नामक झार मार्ने विषादी सेवन गरी बिरामी भई  हेटौंडा अस्पताल ल्याएको र थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर, चितवन लगी उपचार गराएकोमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।


मकवानपुर थाहा नगरपालिका-६, सिकारखेल बस्ने वर्ष अन्दाजी ३६ को बैकुण्ठ प्रसाद बिडारीले आफ्नै घरमा Insectisideg sunami नामक तरकारीमा हाल्ने विषादी सेवन गरी बिरामी भई मनमोहन मेमोरियल अस्पताल, काठमाडौं ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।