सुन जस्तो देखिने पहेँलो धातु र चाँदीजस्तो देखिने सेतो धातु सहित मानिस नियन्त्रणमा
२०८०-०४-२०
- A
- A-
- A+
रसुवा गोसाईकुण्ड
गाउँपालिका-२, रसुवागढी नाका स्थित रसुवा भन्सार कार्यालय, नेपाल प्रहरी र शसस्त्र
बल नेपालको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा मित्र राष्ट्र चिनको केरुङबाट
नेपाल तर्फ आउदै गरेका मकवानपुर थाहा नगरपालिका-५ स्थाई वतन भएको वर्ष ४१ को अमर
बहादुर बिश्वकर्माको लगेज चेकजाँच गर्दा बाला जस्तो आकारको मात्र बनाएको ३.६६१तोला
सुन जस्तो देखिने पहेँलो धातु (अन्दाजी मुल्य ४,१०,७६४.२०) र ८.५७८ तोला चाँदी
जस्तो देखिने सेतो धातु (अन्दाजी मुल्य १२,२२३.६५) बराबरको सामान फेला पारी निजलाई
नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।