प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोक:- सवारी दुर्घटना बाट मृत्यु

२०७८-०७-२८

  • A
  • A-
  • A+
Share

कार्तिक २८, चौतारा साँगाचोक गढी नगरपालिका-१ फुर्स्रे स्थित बासखर्कबाट आलु लोड गरी थाङपाल तर्फ जाँदै  गरेको बा ५ ख ६५६३ नं.को आईचर ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ८० मिटर तल खसी दुर्घट्ना भएको, ट्रक चालकजुगल गाउँपालिका-२ बस्ने वर्ष ३४ को सिताराम दोङ को घट्नास्थलमै मृत्यु भएको उक्त ट्रकमा सवार सोहि बस्ने वर्ष ४२ को स्याङ्बो दोङ गम्भिर र वर्ष ३५ को मान बहादुर लामा सामान्य घाईते भई निजहरुको उपचार जिल्ला अस्पताल चौतारामा भईरहेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।