प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-०४-१८

  • A
  • A-
  • A+
Share

दोलखा, जिरी नगरपालिका-१, पुम्पा बस्ने अन्दाजी वर्ष ३५ की सुक्दम सेर्पाले घरमा रहेको तरकारीमा छिट्ने विषादी सेवनगरी अशक्त अवस्थामा निजको श्रिमानले देखि जिरी अस्पताल दोलखा ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी धुलिखेल अस्पताल कांभ्रे लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटनामा थप अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।