प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीः- सालको काठ सहित मानिस र ट्याकटर नियन्त्रणमा

२०७८-०७-२८

  • A
  • A-
  • A+
Share

कार्तिक २८, तिनपाटन गाउँपालिका-१ नक्कले स्थित सिन्धुली चकमके कच्चि सडक खण्डमा ई.प्र.का.बेलघारी बाट प्र.ह.को कमाण्डमा खटिएको गस्ति टोलिले सोहि स्थानको छेरुवावाट तक्कले तर्फ आउँदै गरेको ना ६ त ८३५९ नं.को ट्याक्टरलाई चेकजाँच गर्दा उक्त ट्याकटरमा अवैधरुपमा ल्याईएको ९ हात लम्वाई अन्दाजी ८ ईन्च चौडाई भएका चारपाटा चिरेको ७ वटा सालको काठ फेला परेको, उक्त नम्वरको ट्याक्टर, ट्याक्टर चालक सहित निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य ई.प्र.का.बेलघारी मा भईरहेको ।

निम्नः-

१) जिल्ला सिन्धुली तिपाटन गा.पा.१ नक्कले बस्ने वर्ष २७ को ट्याक्टर चालक ईन्द्र कुमार श्रेष्ठ

२) ऐ.ऐ.बस्ने अं.वर्ष ७१ को पदम बहादुर तामाङ ( काठ  धनि)

३) ऐ.ऐ.बस्ने अं.वर्ष २६ को कृष्ण बहादुर तामाङ

४) ऐ.ऐ.बस्ने अं.वर्ष १९ को दिपक थापामगर

५) ऐ.ऐ.बस्ने अं.वर्ष ३० को कमल रम्तेल

६) ऐ.ऐ.बस्ने अं.वर्ष ३५ को बुद्दराम तामाङ

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।