प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीः- सालको काठ सहित मानिस र ट्याकटर नियन्त्रणमा

२०७८-०७-२८

  • A
  • A-
  • A+
Share

कार्तिक २८, तिनपाटन गाउँपालिका-१ नक्कले स्थित सिन्धुली चकमके कच्चि सडक खण्डमा ई.प्र.का.बेलघारी बाट प्र.ह.को कमाण्डमा खटिएको गस्ति टोलिले सोहि स्थानको छेरुवावाट तक्कले तर्फ आउँदै गरेको ना ६ त ८३५९ नं.को ट्याक्टरलाई चेकजाँच गर्दा उक्त ट्याकटरमा अवैधरुपमा ल्याईएको ९ हात लम्वाई अन्दाजी ८ ईन्च चौडाई भएका चारपाटा चिरेको ७ वटा सालको काठ फेला परेको, उक्त नम्वरको ट्याक्टर, ट्याक्टर चालक सहित निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य ई.प्र.का.बेलघारी मा भईरहेको ।

निम्नः-

१) जिल्ला सिन्धुली तिपाटन गा.पा.१ नक्कले बस्ने वर्ष २७ को ट्याक्टर चालक ईन्द्र कुमार श्रेष्ठ

२) ऐ.ऐ.बस्ने अं.वर्ष ७१ को पदम बहादुर तामाङ ( काठ  धनि)

३) ऐ.ऐ.बस्ने अं.वर्ष २६ को कृष्ण बहादुर तामाङ

४) ऐ.ऐ.बस्ने अं.वर्ष १९ को दिपक थापामगर

५) ऐ.ऐ.बस्ने अं.वर्ष ३० को कमल रम्तेल

६) ऐ.ऐ.बस्ने अं.वर्ष ३५ को बुद्दराम तामाङ

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा ।
२०८३-०६-२८

चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थितमा काठमाडौँबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ८६७६ नम्बरको ट्रकले गाँजा लोड गरी ल्याएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनवाट खटीएको टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडिपट्टि ढालामा त्रिपालले छोपी ल्याएको अवस्थामा प्याकेट बनाई राखेको १० पोका तौल गर्दा १३६.५०० केजी गाँजा फेलापारी उक्त ट्रक र  चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ पान्द्राङ बस्ने वर्ष-२७ को रन्जित सुनारलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।