प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बाघको आक्रमनबाट एकको मृत्यु

२०८०-०४-०८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२८, कोटेनि स्थित बस्ने वर्ष २६ को आस बहादुर बोटे चितवन राष्ट्रिय निकुञ्ज भित्र माछा मार्ने क्रममा अचानक बाघले आक्रमण गरी घटनास्थलमै मृत्यु भएको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

 


सम्बन्धित समाचार
कारको फल्स बटममा लुकाएर ल्याएको १४.१८० किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ
२०८३-०७-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने धातुसहित चार जना पक्राउ परेका छन्।२०८३ साल कात्तिक ८ गते करिब १५:१५ बजेको समयमा प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट प्रहरी नायब निरीक्षक प्रमोद कुमार साहको कमाण्डमा खटिएको चेकिङ टोलीले भारतको रक्सोलबाट काठमाडौं जाँदै गरेको बा २ च ७०७९ नम्बरको कार रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाई चाँदीजस्तो देखिने धातु लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। उक्त धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको छ।बरामद धातुसहित कारमा सवार चार जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा राखिएको छ। बरामद धातुको प्रकृति तथा घटनासम्बन्धी अन्य विवरणबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा भारतको रक्सोल बस्ने करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देवी सोनार, चालकको १७ वर्षीय छोरा र चालककी भान्जी अं. २० वर्षीया नन्दनी कुमारी साह रहेका छन्।