प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८०-०३-२४

  • A
  • A-
  • A+
Share

समुदाय प्रहरी साझेदारीको अवधारणामा बागमती प्रदेश प्रहरीले आम नागरिकहरूलाई विभिन्न किसिमका शिर्षकहरूमा सचेतनामुलक कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ । यसै सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयले यस कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अहिलेको जल्दो बल्दो अवस्थामा रहेको साईबर क्राईम, आत्महत्या, लागुऔषध, लैङगिक/घरेलु हिंसा सम्बन्धमा सचेतनामुलक प्रशिक्षण प्रदान गरिएको थियो । उक्त कार्यक्रममा मकवानपुर जिल्ला अन्तर्गतका सामुदायीक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत स्थानीय समाजसेवी भद्र भलाद्‍मी गरी जम्मा ६० जनाको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा सहभागीहरूबीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले आवश्यक अन्तरक्रिया समेत गर्नु भएको थियो ।


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा ।
२०८३-०६-२८

चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थितमा काठमाडौँबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ८६७६ नम्बरको ट्रकले गाँजा लोड गरी ल्याएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनवाट खटीएको टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडिपट्टि ढालामा त्रिपालले छोपी ल्याएको अवस्थामा प्याकेट बनाई राखेको १० पोका तौल गर्दा १३६.५०० केजी गाँजा फेलापारी उक्त ट्रक र  चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ पान्द्राङ बस्ने वर्ष-२७ को रन्जित सुनारलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।