छुट्टाछुट्टै स्थानमा मानिस झुण्डिएको अवस्थामा मृत फेला
२०८०-०३-१७
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१०, स्थित डेरा गरी बस्ने जिल्ला नुवाकोट, बिदुर नगरपालिका घर भएका ४० वर्षीय बसन्त पाण्डे आफैं सुत्ने कोठाको सिलिङ पंखामा साडीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटना स्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी चितवन, राप्ती नगरपालिका-३, सुन्दरबस्ती स्थित बस्ने अन्दाजी ३९ वर्षीया उर्मिला श्रेष्ठ आफ्नै घरको टिनको छानोमा रहेको फलामको डण्डीमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।