प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा सर्पले टोकी एकको मृत्यु

२०८०-०३-१४

  • A
  • A-
  • A+
Share

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-४, बिगाउँ बस्ने ४५ वर्षीय किशन श्रेष्ठलाई आफ्नै घरमा विषालु सर्पले दाहिने हातको औँलामा टोकी अवस्था गम्भिर भई सल्यान्कोट स्वास्थ्य चौकी आलडाँडामा सामान्य उपचार पश्चात थप उपचारको लागी सुक्रराज ट्रपिकल अस्पताल टेकु काठमाण्डौं लगेकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा एकको मृत्यु
२०८२-०७-१३

सिन्धुली, तिनपाटन गाउँपालिका-१०, लङगुरखोला बस्ने अन्दाजी २० वर्षीया धन बहादुर लामिछाने मगर साथीहरुसंग लङगुरखोलामा माछा मार्न भनी गएकोमा सो खोला नजिकै रहेको हाल जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका-५ बस्ने तिलमाया थापा मगरको मानिस नबस्ने घरबाट बिजुलिको लाईन जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक धन बहादुर लामिछाने मगरलाई करेन्ट लागी घाईते भई उपचारको लागी साथीहरू मिली लङगुरखोला आधारभुत स्वास्थ्य केन्द्र तर्फ लाने क्रममा बाटोमानै मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।