प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानमा झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०३-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-११, घट्टेपाखा स्थित बस्ने अन्दाजी २२ वर्षीया अनिता वाईबा आफ्नै घरको भर्‍याङमा नाम्लोको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।

धादिङ, सिद्धलेक गाउँपालिका-२, तल्लो फाले बस्ने ५० वर्षीय टंक गिरी आफ्नै घरको काठको दलिनमा नाईलनको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।