प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीः- लागुऔषध सहित मानिस नियन्‍त्रणमा

२०७८-०७-१५

  • A
  • A-
  • A+
Share

कार्तिक १५, कमलामाई नगरपालिका-६ माझिटार स्थित बि.पि. राजमार्गमा रहेको प्रहरी चेकपोष्टमा प्र.स.नि.को कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले आबत-जाबत गर्ने सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा सिराहा बाट काठमाण्डौको लागी जाँदै गरेको बा५ख ८९०४ नं.को हाईस रोकी चेकजाँच गर्दा उक्त हाईसकोमा सवार जिल्ला सिराहा सिराहा नगरपालिका-१८ बस्ने वर्ष २५ को मनोज कुमार कुर्मीले बोकेको झोलामा निम्नानुसारको लागुऔषध जस्तो देखिने झोल पदार्थ र गाँजा फेला परेको, निजलाई उक्त लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जि.प्र.का. सिन्धुलीमा भईरहेको । 

निम्नः

१) Codiwell लेखेको १००ml  को बोत्तल २ थान

२) Head $hampoos लेखेको ४०० ml को स्याम्पुको  बट्टामा  १ थान

३) Dove लेखेको ४०० ml  को स्याम्पुको बाट्टमा थान १

४) गाँजा ४१ ग्राम३९० मिलिग्राम

सम्बन्धित समाचार
खैरो हिरोइन सहित ३ मानिसहरु नियन्त्रणमा
२०८३-०४-१९

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको ट्राफिक सहितको टोली र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दिवासको संयुक्त टोलीले मोरङबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर- १२ बस्ने बर्ष अन्दाजी-२९ को चन्द्र बहादुर माझीले चलाएको म.प्र. व०४-००१ ज ००८६ नं. को यात्रुबाहक E.V. हायसमा सवार जिल्ला सिराह मिर्चैया नगरपालिका-५ बस्ने बर्ष अन्दाजी-२० को  सन्देश यादवलाई शंका लागि चेकजाचँ गर्दा निजले ल्याएको तरकारीको बोरा भित्र डब्बामा प्लास्टिकले पोका पारी लुकाई छिपाई ल्याएको लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ४५.१९० फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा पछाडी मोटरसाइकलमा सवार चालक अभिषेक कुमार साह र सवार राहुल कुमार मण्डलले उक्त सामान दिई पठाएको भनि खुल्न आएको हुँदा मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।