प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नारायणी नदीमा डुबी एकको मृत्यु

२०८०-०३-०१

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, देवघाट स्थित नारायणी नदीमा देश भारतबाट तिर्थयात्राको लागी UP62AP 9696 नम्बरको गाडीमा ५० जना आएकोमा निजहरू सबैजना स्नान गर्न गएको मध्ये अयोध्या बस्ने २२ वर्षीय प्रदिप शर्मा नारायणी नदीमा स्नान गर्ने क्रममा नदीमा डुबी बेपत्ता भएको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी देवघाट र वडा प्रहरी कार्यालय नारायणगढबाट विपद् सहितको उद्दार टोली खटि गई खोजतलास कार्य गर्दा सोही नदीमा मृत अवस्थामा फेला पारी मुचुल्का कार्य भईरहेको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
२०८३-०६-०६

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ०८:०० बजे सम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३ सय ४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८  जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३ सय ४७ जना व्यक्तिहरूलाई राखिएको छ ।   

लागुऔषध सहित १ जना मानिस मो.सा. सहित नियन्त्रणमा
२०८३-०६-०५

जिल्ला मकवानपुर मनहरी गाँउपालिका-७ चैनपुर रोड स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट ट्राफिक सहित खटिएको प्रहरी चेकिङ टोलीले मनहरीतर्फ बाट चैनपुर तर्फ जाँदै गरेको बा.प्र. ०३-००६ प २२६५ नं. को मो.सा. लाई रोकी चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका-८ बस्ने अन्दाजी बर्ष २३ को अन्जन कुमार थिङले बोकेको खैरो कलरको साईड ब्याकमा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित अन्दाजी २ ग्राम (तौल गर्न बाँकी) फेला  पारी मो.सा., चालक सहित नियन्त्रणमा लिई  इलाका प्रहरी कार्यालय मनहरी मकवानपुर ल्याई राखिएको, आवश्यक अनुसन्धान कार्य भई रहेको ।  

मानिस मृत अबस्थामा फेला परेको
२०८३-०६-०५

जिल्ला खोटाङ हलेशी टुवाचुङ नगरपालिका-२ घरभई हाल जिल्ला काभ्रे महाभारत गाँउपालिका-६ बनखुचौर स्थित नवनिर्मित अस्पतालमा काम गर्ने कामदारहरुलाई खाना पकाउने काम गर्दै आएकी बर्ष अंन्दाजी २५ की सिर्जना राई मिति २०८३।०५।२९ गते देखि हराएको भनि इलाका प्रहरी कार्यालय देविटार काभ्रेमा मिति २०८३।०५।३१ गते हुलिया सहितको निवेदन दिएकोमा खोजतलास गर्दै जाने क्रममा निज महिला जिल्ला काभ्रे महाभारत गाँउपालिका-६ बनखुचौर स्थित डाँडाबाट अन्दाजी ३०० मिटर तल लडी मृत अबस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरीको टोली खटिई गई घटनास्थल सुरक्षित राखिएको, उक्त लाश झाडीमा खुट्टा अल्झीएको अबस्थामा रहेको, थप अनुसन्धान तथा घटनास्थल मुचुल्लाको लागि इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेबाट प्रहरी निरीक्षको टोली र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट SOCO सहितको  टोली खटि गई, आवश्यक अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८३-०६-०४

जिल्ला  चितवन राप्ती नगरपालिका-१ परेवाकोट डाँडा स्थित जङ्गलमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले  जिल्ला चितवन राप्ती नगरपालिका-१२ बस्ने वर्ष अन्दाजी ५५/६० चन्द्र बहादुर चेपाङ, ऎ.ऎ. बस्ने वर्ष अन्दाजी २९ को हरिलाल चेपाङ र ऎ. २ बस्ने वर्ष अन्दाजी ५२ को वीर बहादुर ब्लोन लाई लागुऔषध गाँजा पैदलमा ओसार-पसार गरिरहेको अवस्थामा ६ वटा बोराभित्र रातो प्लास्टिकमा कालो प्लास्टिकको डोरीले  बेरिएको ६ वटा गाँजाको पोकाहरु प्याकिङ गरिएको प्लाष्टिक सहित ९२ के.जी. फेला पारी उक्त गाँजा सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयकामा ल्याई आवश्क अनुसन्धान कार्य भईरहेको ।