प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सुन जस्तो देखिने पहेँलो धातु सहित मानिस नियन्त्रणमा

२०८०-०२-३१

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे स्थित पूर्व-पश्चिम सडक ण्डमा प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको प्रहरी टोलिले काठमाण्डौंबाट बिरगंज तर्फ जान आउँदै गरेको प्र २-०३-००१ ख ०१५९ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१६, मुरली बस्ने अन्दाजी वर्ष १९ को किसन सराफको जुत्ता भित्र सुन जस्तो देखिने पहेँलो धातु लाईटर जत्रो साईजको थान-३ फेला परेकोले निजलाई पहेँलो धातु सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।