प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा लडी एकको मृत्यु

२०८०-०२-२८

  • A
  • A-
  • A+
Share

सिन्धुली, फिक्कल गाउँपालिका-४, दमारे टोल बस्ने अन्दाजी ६५ वर्षीय हर्क बहादुर दर्लामी मगर घरबाट अन्दाजी १ किलोमिटर टाढा पाखो बारीको कान्लामा रहेको पट्मिरोको रूखमा चढनको लागी बनाईएको बाँसको भर्‍याङबाट चिप्लिएर अन्दाजी ३०० मिटर तल खसी घाईते अवस्थामा स्थानीय र आफन्तले देखी तत्काल उपचार गर्न लैजानको लागी घरतर्फ ल्याउँदै गर्दा निज बाटोमै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
खोलाले बगाई १ जना महिलाको मुत्यु
२०८३-०५-१९

मिति २०८३।०५।१८ गते अन्दाजी १९:२० बजेको समयमा जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका ०५ बोटबारी स्थितमा रहेको मनहरी खोलाले जिल्ला मकवानपुर कैलाश गाँउपालिका ७ डुम्बरे बस्ने बर्ष अन्दाजी ६० की कान्छि माँया चेपाङलाई (जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका ०३ आउले माईती घरबाट आफ्नो घर तर्फ जाने क्रममा) खोला तर्ने क्रममा बगाएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरीको टोली खटि गई राक्सिराङ गाँउपालिकाको नगर प्रहरी संग समन्वय गरी खोजतलास गर्ने क्रममा मिती २०८३।०५।१९ गते अन्दाजी ०७:१० बजेको समयमा बगाई बेपत्ता भएकि महिलालाई बगाएको स्थान बाट अन्दाजी ५ कि.मि. तल जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका ५ ठाडे स्थित मनहरी खोलामा मृत अबस्थामा फेला पारेको, मृतकको आफन्त घटनास्थलमा आईसकेको, थप अनुसन्धान तथा मुचुल्काको लागी (soco) सहितको प्रहरी टोलि पुगि आवस्यक अनुसन्धान कार्य भईरहेको ।

भरुवा बन्दुक फेला
२०८३-०५-१९

मिति २०८३/०५/१८ गते अन्दाजी १७:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय सुनौलाबजारबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटि गएको गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा जिल्ला धादिङ निलकण्ठ नगरपालिका ०७ मर्स्याङछाप स्थित भरुवा बन्दुक रहेको भनि गोप्य सूचनाको अधारमा खोजतलास गर्दै जाँदा ऐ. स्थित खरबारी बनमा भिर पाखोमा रहेको दुई वटा ढुङ्ङाको विचको खोचमा पहेलो रंगको बोरामा मकैको ढोडले छोपी राखिएको भरुवा बन्दुक थान-१ (एक) बेवारिसे अवस्थामा फेला पारी सोको मुचुल्का कार्य पश्चात आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धादिङ पठाईएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।