प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा लडी एकको मृत्यु

२०८०-०२-२५

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-१२, आँपघारी बस्ने ५५ वर्षीया चन्द्र माया दनुवार घरबाट अन्दाजी १ किलोमिटर पश्चिमबाट घाँस काटेर फर्कने क्रममा हावा हुरीको कारण घाँसको भारी सहित लडी घाईते भई उपचारको लागी निजको श्रीमानले धुलिखेल अस्पताल ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
खैरो हिरोईन सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१७

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ मेन रोड रानी दरबार नजिकै लागुऔषध खैरो हिरोईन बिक्रि बितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटि गई हेटौंडा उप-महानगरपालिका-६ चौघडा घर भई हाल  हेटौंडा उप-महानगरपालिका -४ मेन रोड नजिकै ससुरा नाता पर्ने राजेन्द्र कुमार मानन्धरको घरमा बस्दै आएको वर्ष अन्दाजी-३४ को निर्णय राई बस्ने कोठा तथा निजको शरिर रितपूर्वक खानतलासी गर्दा निज निर्णय राईको खल्तीबाट १ वटा पुरिया लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी शुद्ध तौल गर्दा ५० मिलिग्राम रहेको र निज सुत्ने कोठाको पलङको सिरानीको भागमा डिजिटल तराजु फेला पारी बरामद गरी बरामद सामान सहित निजलाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको ।

चोरी मोटरसाइकल र १ थान भरुवा बन्दुक सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०७-१३

धादिङ गजुरी गाउँपालिका वडा नम्बर-०८ मजुवा बस्ने बर्ष अन्दाजी- १८ को बुद्धि, बमकाजी भन्ने सागर तामाङ र सोही स्थान  सिउरेनी बस्ने बर्ष अन्दाजी- २२ को शिशिर तामाङ मोटरसाइकल चोरीमा संलग्न रहेको भनि गोप्य सूचनाको आधारमा प्रहरी टोली निजहरूको घर ठेगानामा खटि गई खोजतलास गर्ने क्रममा फेला पारी २ जनालाई नियन्त्रणमा लिई निज बुद्धि, बमकाजी भन्ने सागर तामाङको साथबाट सवारी दर्ता किताव नभएको बा.प्र.०२-०६७ प ७८१३ नम्बर DKCTM36769, चे.न. MD2A13EX8TCM85008 नं. को कालो निलो कलरको २२०cc को पल्सर चोरीको मोटरसाइकल र १ थान भरुवा बन्दुक फेला पारी बरामद गरि थप आवश्यक अनुसन्धान भईरहेको ।