प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुर:- लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-०७-११

  • A
  • A-
  • A+
Share

कार्तिक ११, मनहरी गाउँपालिका-७ स्थित कार्यालय अगाडी पुर्व पश्चिम सडक खण्डमा बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.७ ख.२०१९ नं.को यात्रु बाहक बसलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले रोकी चेकजाचँ गर्ने क्रममा उक्त बसको पछाडीको सिटमा बसी आएका देश भारत बिहार मोतिहारी बस्ने वर्ष २२ को सदाम अन्सारी र सोहि बस्ने वर्ष १६ को रोहन आलमको साथबाट नोरफिन ३४० एमपुल, फेनारगन ३०६ एमपुल र दाईजेपाम ३०० एमपुल गरी जम्मा ९४६ एमपुल लागुऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।