प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०२-१६

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिमटार चेकपोष्ट स्थित प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले काठमाण्डौंबाट पोखरा तर्फ जाँदै गरेको बा २ ख १४१० नं.को माइक्रो हाइस चेकजाँच गर्ने क्रममा अन्दाजी ४ किलो ८८५ ग्राम लागुऔषध गाँजा फेला परेको थियो ।  जिल्ला धादिङ, गल्छी गाउँपालिका-५ बस्ने वर्ष १८ को प्रदिप भन्ने रविन तामाङलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।