प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा एकको मृत्यु

२०८०-०२-१६

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-४, भोकाहा बस्ने वर्ष अन्दाजी ४५ को राजु चौधरी आफ्नो घरबाट अन्दाजी ५०० मिटर दक्षिणतर्फ कयर खोलामा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
कारको फल्स बटममा लुकाएर ल्याएको १४.१८० किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ
२०८३-०७-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने धातुसहित चार जना पक्राउ परेका छन्।२०८३ साल कात्तिक ८ गते करिब १५:१५ बजेको समयमा प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट प्रहरी नायब निरीक्षक प्रमोद कुमार साहको कमाण्डमा खटिएको चेकिङ टोलीले भारतको रक्सोलबाट काठमाडौं जाँदै गरेको बा २ च ७०७९ नम्बरको कार रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाई चाँदीजस्तो देखिने धातु लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। उक्त धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको छ।बरामद धातुसहित कारमा सवार चार जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा राखिएको छ। बरामद धातुको प्रकृति तथा घटनासम्बन्धी अन्य विवरणबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा भारतको रक्सोल बस्ने करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देवी सोनार, चालकको १७ वर्षीय छोरा र चालककी भान्जी अं. २० वर्षीया नन्दनी कुमारी साह रहेका छन्।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-०४

दोलखा,  मेलुङ गाउँपालिका- टापु महादेव मन्दिर स्थितमा झै-झगडा भएको भनि जानकारी प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी पुगि बुझ्दा  जिल्ला दोलखा तामाकोशी गाउँपालिका-५ सहरे घर भई हाल काठमाण्डौ बल्खु बस्ने  बर्ष ३० को जिवन तामाङ र सोही स्थान-५ कल्लेरी घर भई हाल काठमाण्डौ बालाजु बस्ने बर्ष १६ को सन्दिप तामाङ सहरे बाट मेलुङ गाउँपालिका- २ टापु तर्फ  प्र ३०२-००९ प २२४४ नम्बरको को मोटरसाइकलमा आउँदै गर्दा सोही स्थानमा स्थानियहरुसँग झै-झगडा गरेको र निजहरुलाई लागुपर्दार्थ सेवन गरेको भनि शंकालागि चेकजाँच गर्ने क्रममा निजहरुले  लुकाई छिपाई ल्याएको कालो कलरको झोला भित्र ११ वटा पत्तामा १०२ वटा Tramadol Hydrochloride Capsules जस्तो देखिने बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्यभईहेको ।