प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

टावर क्रेन बनाउने सामानले लागी मानिसको मृत्यु

२०८०-०२-१५

  • A
  • A-
  • A+
Share

रसुवा, गोसाईकुण्ड गाउँपालिका-३, लिङलिङ स्थित पासाङ ल्हामु सडक अन्तर्गत टिमुरे-स्याफ्रु सडकखण्डमा बारा जिल्ला स्थित निजगढ फास्टट्रयाक निर्माणको सामाग्री टावर क्रेन (फलाम) लोड भएको ना ४ ख २००४ नम्बरको प्लेटफर्म (टेलर) रसुवाबाट निजगढ तर्फ जाने क्रममा उक्त सामान सोही प्लेटफर्मबाट खस्न लागेकोले उक्त प्लेटफर्म चालक जिल्ला धादिङ, थाक्रे गाउँपालिका-५ घर भएका अन्दाजी ५०/५५ वर्षीय हरी तामाङले सामान बाँधेको चेनको पुल्ली मिलाउन खोज्दा अचानक चेनपुल्ली खुस्किन गई सामानले निजको टाउकोमा लागी घटनास्थलमै मृत्यु भएको छ ।  यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट लाङघाली चोक स्थित बस्ने वर्ष ३५ को पुर्ण बहादुर थापा मगरको घरमा लागुऔषध गाँजा बेचबिखन हुन्छ भन्ने गोप्य सुचनाको आधारमा वाडा प्रहरी कार्यालय, चितवनबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको सिभिल टोलिले निजको घरको कोठा चेकजाँच गर्ने क्रममा निजले लुकाई राखेको अन्दाजी २ किलोग्राम ३६ ग्राम गाँजा फेला परेको । निज सँग रहेका जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-३, बस्ने वर्ष २० को पुजन राना मगर र जिल्ला पर्सा बिरगंज घर भई हाल भरतपुर महानगरपालिका-४, बस्ने वर्ष २३ को बिशेष चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।