प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवनबाट एकको मृत्यु

२०८०-०२-११

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्वर नगरपालिका-२, शिवडाँडा बस्ने अन्दाजी बर्ष १४ की एसएसबि श्रेष्ठले ZINC PHOSTHIDE नामक मुसा मार्ने बिषादी सेवन गरी छटपटाई रहेको अवस्थामा निजको फुपुले देखी धुलिखेल शाखा अस्पताल ल्याएकोमा अवस्था गम्भीर भई थप उपचारको लागी काठमाण्डौं लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अुनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०८-१४

मकवानपुर, थाहा नगरपालिका-६ बज्रबाराहीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५५ ट्याब्लेट, स्पास्मो १४ ट्याब्लेट, स्टेगन १० पिस र नगद १४ हजार ३ सय ३० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाहा नगरपालिका-१ ओखरगाउँ बस्ने २४ वर्षीय सुजन प्रधान र सोही नगरपालिका-१ कट्टी बगल बस्ने २४ वर्षीय अशोक तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट बज्रबाराहीबाट खटिएको प्रहरीले पालुङबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०२-०११ प ४८१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ तिनताप्केबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-७ बस्ने ३० वर्षीय सुनिल आचार्य र सोही नगरपालिका-८ बस्ने ३१ वर्षीय किरण कार्की रहेका छन् । प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले बस्तीपुरबाट लेवर्टतर्फ आउँदै गरेको म.प्र.०३-०३२ प ३०१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।