रूखबाट लडी दुई जनाको मृत्यु
२०८०-०२-०८
- A
- A-
- A+
सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-६, चिसापानी बस्ने अन्दाजी ५० वर्षीया शान्तिमाया माझी घरबाट अन्दाजी २०० मिटर दश्चिण तर्फ आफ्नै बारीमा रहेको स्वामीको रूखमा चढी स्याउला झार्ने क्रममा सोही रूखबाट लडी मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धानन कार्य भईरहेको छ ।
रामेछाप,
मन्थली नगरपालिका-८, चिसापानी सुहानटार बस्ने अन्दाजी ३५ वर्षीया बिन्दा मग्राती
आफ्नै घर नजिक रहेको कटहरको रूखमा घाँस काट्ने क्रममा आफैँ लडी घाईते भई उपचारको
लागि धुलिखेल अस्पताल काभ्रेपलाञ्चोक लगिएकोमा अस्पताल पुग्नसाथ निजको मृत्यु भएको
छ । यस घटना सम्बन्धमा आवशयक अनुसन्धान कार्य भईरहेको छ ।