प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित पक्राउ

२०८०-०२-०८

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिमटार चेकपोष्ट स्थित प्रहरी चौकी जोगिमारा धादिङको प्रहरी टोलिले सवारी साधन चेकजाँज गर्ने क्रममा काठमाण्डौंबाट पोखरा तर्फ जाँदै गरेको बा २ ख १४१० नम्बरको माइक्रो हायस चेकजाँच गर्दा उक्त हायसमा सवार जिल्ला पर्वत, फलेवास नगरपालिका-१० बस्ने ३४ वर्षीय राज कुमार क्षेत्रीले The North Face 50 लेखेको पछाडी भिर्ने झोलामा लुकाई छिपाई ल्याएको फिका-फिका हरियो कलरको प्लाष्टिकमा पोकापारी ल्याएको ४ पोका (४ किलोग्राम ११० ग्राम) लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।