प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ट्राफिक नियन्त्रण तालिम दोस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न

२०८०-०१-२९

  • A
  • A-
  • A+
Share

बामगती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको तत्वावधानमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सञ्चालित ४५ कार्यदिन अवधीको प्रहरी हवल्दार तथा जवान लक्षित ट्राफिक नियन्त्रण तालिम दोस्रो समूहका प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा प्रशिक्षार्थीहरूले कार्य क्षेत्रमा आईपर्ने समस्या तथा तालिम सम्बन्धी विभिन्न विषयमा जिज्ञासाहरू राखेका थिए भने प्रदेश प्रहरी प्रमुख राणाले प्रशिक्षार्थीहरूका जिज्ञासाहरूको जवाफ दिनुभएको थियो । तालिम समापन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख राणाले तालिममा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने सफल प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण तथा तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै तालिममा सिकेका ज्ञान, सिप र अनुभवलाई कार्य क्षेत्रमा कुशतलापूर्वक प्रयोग गरी त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो । तालिममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी लगायत बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा कार्यरत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । गत चैत ५ गतेबाट संचालन भएको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २३ जना गरी ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचार
लागुऔषध सहित ४ जना मानिस नियन्त्रणमा
२०८३-०६-०९

जिल्ला चितवन खैरहनि  नगरपालिका-१ गणेश चोक स्थित बस्ने वर्ष २६ को अजय गान्धरीले  घरमा लागुऔषध सेवन र ओसारपसार भई रहेको छ भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी टोली खटी गई घरमा चेकजाँच गर्दा लागुऔषध (ब्राउन सुगर) ३.१० ग्राम  सहित  जिल्ला चितवन खैरहनी  नगरपालिका-१ गणेश चोक वस्ने वर्ष वर्ष २६ को अजय गान्धरी, ऐ.ऐ. १२ बस्ने  वर्ष ३६ को विजय क्षेत्री, जिल्ला कैलाली टिकापुर नगरपालिका- १ घर भई हाल जिल्ला काठमाण्डौ गौरीघाट वस्ने वर्ष ३२ को पुष्प उपाध्याय र  जिल्ला अछाम मङ्गलसेन  नगरपालिका-८ घर भई  हाल काठमाडौँ गौरीघाट बस्ने वर्ष ३५ को पदमबहादुर बोहरा  समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खैरहनीमा ल्याइ आवश्यक अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध सहित ३ जना मानिसहरु नियन्त्रणमा
२०८३-०६-०७

जिल्ला चितवन भरतपुर महानगरपालिका-५ बिकास चोक स्थित रहेको ह्यापि होम पार्टी प्यालेसको कटेजमा जिल्ला चितवन भरतपुर महानगरपालिका-४ नवदुर्गाचोक बस्ने वर्ष २७ को रिसत सुवेदी, ऐ. भरतपुर महानगरपालिका- ७  विकासचोक बस्ने वर्ष २८ को कुशल श्रेष्ठ र ऐ.ऐ. बुद्धचोक बस्ने वर्ष २२ को पुजन भन्ने शशी गहतराजहरुले लागुऔषध सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी टोली खटिगई ब्राउन सुगर जस्तो देखीन पदार्थ अन्दाजी ३ ग्राम (प्लाष्टिक सहित तौल हुन बाँकी), नगद ने.रु.१६,५६५।–/र भा.रु.५००।-सहित तिनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको । 

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला
२०८३-०६-०७

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४:०० बजे सम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५० जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३ सय ४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।              बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८  जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २ सय ४२ जना व्यक्तिहरूलाई राखिएको छ ।