प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा

२०८०-०१-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-७, दुम्सिडाडाँ स्थित बस्ने वर्ष अन्दाजी २१ को प्रवीन थिङलाई निजको दाई वर्ष अन्दाजी ३० को बाबुलाल थिङले जग्गाको विषयमा कुटपिट गरी सामान्य घाईते बनाएको भनी भाईले ईलाका प्रहरी कार्यालय, मकवानपुरगढी आई मौखिक रुपमा जानकारी गर्न साथ त्यहाँबाट खटिएको टोलीले निजको दाजु बाबुलाल थिङलाई एकनाले भरुवा बन्दुक सहित निजलाई नियन्त्रणमा लिईएको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।