प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना भई उपचारको क्रममा एकको मृत्यु

२०८०-०१-२१

  • A
  • A-
  • A+
Share

काभ्रेपलान्चोक, बनेपा नगरपालिका-६, घर भई हाल जिल्ला चितवन, भरतपुर महानगरपालिका-२, क्षेत्रपुर स्थित डेरा गरि बस्ने अन्दाजी ४२ वर्षीय धर्मराज कार्की क्षेत्री ४/५ दिन आगाडि आफ्नै बा.प्र.०६-००२ प २१६५ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई पल्टिएर सामान्य घाईते भई सिटि अस्पताल भरतपुरमा सामान्य उपचार पश्चात डेरामा गई पुनः बिरामी भई निजको उपचारको लागि  भरतपुर सरकारी अस्पतालमा ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।