प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना भई उपचारको क्रममा एकको मृत्यु

२०८०-०१-२१

  • A
  • A-
  • A+
Share

काभ्रेपलान्चोक, बनेपा नगरपालिका-६, घर भई हाल जिल्ला चितवन, भरतपुर महानगरपालिका-२, क्षेत्रपुर स्थित डेरा गरि बस्ने अन्दाजी ४२ वर्षीय धर्मराज कार्की क्षेत्री ४/५ दिन आगाडि आफ्नै बा.प्र.०६-००२ प २१६५ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई पल्टिएर सामान्य घाईते भई सिटि अस्पताल भरतपुरमा सामान्य उपचार पश्चात डेरामा गई पुनः बिरामी भई निजको उपचारको लागि  भरतपुर सरकारी अस्पतालमा ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।