प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८०-०१-१९

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-१३, भैँसिपाटी पुल स्थितमा बनेपाबाट साँगा तर्फ जाँदै गरेको बा ६३ प २७२ नम्बरको मोटरसाईकलले पैदल यात्री जिल्ला काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-१३ बस्ने ६२ वर्षीय बाल कृष्ण बुढाथोकीलाई ठक्कर दिदाँ घाईते भई उपचारको लागि धुलिखेल अस्पताल पठाईएकोमा निजको अस्पतालमा नै मृत्यु भएको छ । मोटरसाईकल चालक फरार रहेको निजको खोजतलास कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
८० किलोग्राम भन्दा बढी लागुऔषध गाँजा बरामद
२०८२-०२-१८

मकवानपुर, थाहा नगरपालिका-३, थानाबजार स्थित त्रिभुवन राजपथ सडक खण्डमा लागुऔषध ओसार पोसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले डाँडाबासबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा ५ च. ४४११ नम्बरको सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीको ढोका र डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा प्लाष्टिकले बेरिएको लागुऔषध गाँजा १३ वटा प्याकेट तौल गर्दा ८० किलो १२० ग्राम रहेको र गाडी चालक जिल्ला गोर्खा, पालुङटार नगरपालिका-१० अन्दाजी २८ वर्षीय मधुसुदन अधिकारी र गाडीमा सवार जिल्ला सिन्धुली, दुधौली नगरपालिका-८ बस्ने अन्दाजी २५ वर्षीय नवराज खड्कालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।