प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०१-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१, चौकीटोल स्थित चौकी अगाडी हेटौंडा भैंसे सडक खण्डमा भैंसेबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १७८२ नम्बरको बसलाई प्रहरी चौकी मकवानपुरको टोलिले चेकिङ गर्ने क्रममा जिल्ला मकवापुर, कैलाश गाउँपालिका-५, गोगने बस्ने अन्दाजी ४२ वर्षीय राम बहादुर मोक्तानको झोला चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा २ किलो ९०० ग्राम फेला परेकोले लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा ।
२०८३-०८-०९

मकवानपुर, हेटौंडा उप-महानगरपालिका-०६ प्रभातकालिनटोल स्थितमा रहेको बिनय अधिकारीको घरमा लागुऔषध सेवन गरी रहेको थाहा पाइ कोठा खानतलासी गर्दा कोठाको भुइ, दराजबाट लागुऔषध गाँजा २६ ग्राम (तौल भएको)  र ट्रामाडोल ३ वटा ट्याब्लेट फेला परको हुँदा सो समयमा उक्त कोठामा रहेको ४ जना मध्य १ जना पुरुष मानिस भागेको र निम्न ३ जनालाइ नियन्त्रणमा लिई खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको ।निम्न:जिल्ला मकवानपुर हेटौडा उपमहानगरपलिका-०६ बस्ने बर्ष अन्दाजी- २८ को बिनय अधिकारी (घरबाला) को साथबाट ३ पुरिया लागुऔषध खैरोहिरोइन जस्तो देखिने पदार्थ फेला परेको, शुद्ध तौल १४० मिलिग्राम भएको  । ऐ.ऐ. १७ बस्ने बर्ष अन्दाजी २५ को मदन चौलागाईऐ.ऐ. बस्ने बर्ष अन्दाजी २५ को दिनेश कार्कीऐ.ऐ. बस्ने  किशोर तिमिल्सिना ( हाल फरार रहेको)