मकवानपुर र चितवनमा झुण्डी मृत्यु
२०८०-०१-१८
- A
- A-
- A+
मकवानपुर, कैलाश गाउँपालिका-५, गोगने स्थित एकान्तकुना आरणटोल बस्ने अन्दाजी वर्ष १७ को राजेश कालीदास बि.क घर देखि अन्दाजी ७०० मिटर पूर्व तर्फ रहेको जंगलमा चिलाउनेको रूखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, राप्ती नगरपालिका-८, बडहरा बस्ने २० वर्षीय संजोक सिंजाली आफ्नै घरको कोठामा फलामको डण्डीमा वाईरिङको तारको पासो लगाई झुण्डी मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी भरतपुर महानगरपालिका-९, गुरुकुल स्कुल पछाडी भरतपुर महानगरपालिका-७, प्रेम बस्ती स्थायी घर भएका अन्दाजी ३०/३५ वर्षीय रबि लामिछाने ठेक्का लिएर बनाउँदै गरेको घरमा झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।