प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८०-०१-१४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२८, शाझापुर स्थितमा ना २२ प ६८०० नम्बरको मोटरसाईकलले पैदल यात्री सोही ठेगाना बस्ने ५५ वर्षीय जलवा महत्तो लाई ठक्कर दिँदा गम्भिर घाईते उपचारको लागि भरतपुर सरकारी अस्पताल भरतपुरमा पठाईएकोमा निजको उपचारको क्रममा मृत भएको छ । ठक्कर दिने मोटरसाईकल चालक भरतपुर महानगरपालिका-२७ बस्ने ३४ वर्षीय शिवनारायण महत्तो र मोटरसाईकल सहित नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१९

जिल्ला मकवानपुर हेटौडा उप-महानगर पालिका-१९ बस्तिपुर स्थित शुसान तामाङ भन्ने ल्वाङ डिमडुङको घरमा लागुऔषध ब्राउन सुगर सेवन गरी रहेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली खटिगई बुझ्दा निज बर्ष अन्दाजी २४ को शुसान तामाङ भन्ने ल्वाङ डिमडुङलाई निजको घरमा लागुऔषध सेवन गरी बसि रहेको अवस्थामा फेला पारि निजको शरिर खान तलासि गर्दा निजको साथबाट प्लाष्टिकले बेरेको पोका-११ र  सेतो प्लाष्टिकमा प्याकेट १ (एक) लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ तौल हुन बाकी अन्दाजी ५० मिलिग्राम सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको ।  

बाघको आक्रमणले १ जनाको मूत्यु
२०८३-०७-१७

जिल्ला चितवन भरतपुर महानगरपालिका-२७ राधा कृष्ण सामुदायिक वनको बेथरी खोलाको छेउमा निउरो टिप्न गएको ४ जना मानिसहरु मध्ये  ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ४६ को भिम महतोलाई जंगली जनावर बाघले आक्रमण गरि लगेको भनी निज भिम महतोसँग गएको साथीहरूले ऐ. १७:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय दिब्यनगर चितवनमा जानकारी गराउना साथ उक्त स्थानमा प्रहरीको टोलि खटी गई चितवन राष्ट्रिय निकुञ्जको नेपाल आर्मी, कर्मचारी र स्थानियहरुको टोलिले खोजतलास गर्दै जाने क्रममा निज भिम महतो हराएको स्थान देखि अन्दाजी १ कि.मि. पुर्व चितवन राष्ट्रिय निकुञ्जमा टाउँकोको मासुको भाग, दाहिने खुट्टा र बायाँ हात खाएको अवस्थामा शव फेला परेको, बाघलाई डार्क गरी नियन्त्रणमा लिई, घटनास्थल प्रारम्भिक मुचुल्का कार्यकोलागि प्रहरीको टोलि खटि गई मुचुल्का कार्य भई रहेको ।

खैरो हिरोईन सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१७

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ मेन रोड रानी दरबार नजिकै लागुऔषध खैरो हिरोईन बिक्रि बितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटि गई हेटौंडा उप-महानगरपालिका-६ चौघडा घर भई हाल  हेटौंडा उप-महानगरपालिका -४ मेन रोड नजिकै ससुरा नाता पर्ने राजेन्द्र कुमार मानन्धरको घरमा बस्दै आएको वर्ष अन्दाजी-३४ को निर्णय राई बस्ने कोठा तथा निजको शरिर रितपूर्वक खानतलासी गर्दा निज निर्णय राईको खल्तीबाट १ वटा पुरिया लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी शुद्ध तौल गर्दा ५० मिलिग्राम रहेको र निज सुत्ने कोठाको पलङको सिरानीको भागमा डिजिटल तराजु फेला पारी बरामद गरी बरामद सामान सहित निजलाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको ।