प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागी हुँदा १ करोड रूपैयाँ भन्दा बढीको क्षति

२०८०-०१-११

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-२, चियाबारी स्थित राज कुमार श्रेष्ठको घर भाडामा लिई सोही ठेगाना बस्ने अम्बिका कुमारी बुढाथोकीले किराना पसल संचालन गर्दै आएकोमा निजले आफ्नो कोठामा बालेको दियो बत्तीले अचानक घरमा सल्किन गई आगलागी हुँदा अम्बिका कुमारी बुढाथोकीको पसलको किराना सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन र नगद रू. १,००,०००।– सहित अन्दाजी रू. १५,२०,०००।– क्षति भएको र घरधनी राज कुमार श्रेष्ठको घर जली पूर्ण रूपमा नष्ट भएको हुँदा अन्दाजी रू. १०,००,०००।– समेत गरी २५,२०,०००।– बराबरको क्षति भएको छ । निजको घरसँगै जोडिएको सोही ठेगाना बस्ने कौशल थापाको नगद रू. २,६०,०००।– र सुनचादीको गरगहना, होटलको सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन, अन्य सरसामान र घर समेत अन्दाजी रू. ३२,००,०००।– र सोही ठेगाना बस्ने योग बहादुर थापाको होटलको सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन, अन्य सरसामान र घर समेत अन्दाजी रू. २६,००,०००।– र सोही ठेगाना बस्ने गंगा बहादुर थापाको नगद रू. १३,००,०००।– र होटलको सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन, अन्य सरसामान र घर समेत अन्दाजी रू. ३३,००,०००।– गरी जम्मा अन्दाजी रू. १,१६,२०,०००।– (अक्षरेपी रू. १ करोड १६ लाख २० हजार) बराबरको क्षति भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।