प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोक र सिन्धुलीमा झुण्डी मृत्यु

२०८०-०१-१०

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-११, मेलम्ची बस्ने अन्दाजी ४५ वर्षीय गुरु प्रसाद दुलाल घरबाट हराई बेपत्ता भएकोमा जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-९ स्थित गुफाडाँडा भन्ने स्थानमा अगेरीको रूखमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुली, कमलामाई नगरपालिका-७, गड्यौली बस्ने ३८ वर्षीया सुनिता स्याङबो आफ्नै घरको काठको बलोमा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
दोलखामा भरुवा बन्दुकले लागी एकको मृत्यु
२०८०-०८-१७

दोलखा, तामाकोशी गाउँपालिका-२, झुले स्थित झुलेबाट ३ किलोमिटर दक्षिण डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएको ७ जना मध्ये जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-२, झुले बस्ने अन्दाजी २० वर्षीय सन्जीब सार्कीले चलाएको भरुवा बन्दुकको बट भाँचि अटोमेटिक फाएर भई निजलाई देब्रे भागको छातीमा छर्राले लागी घाईते हुदाँ तत्काल उपचारको तामाकोशी अस्पताल, दोलखामा सामान्य उपचार पश्चात थप उपचारको लागी पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोट, दोलखामा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।