प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन:- ट्याक्टरले च्यापी बालकको मृत्यु

२०७८-०६-२५

  • A
  • A-
  • A+
Share

असोज २५, खैरहनी नगरपालिका-२ स्थित अनमोल ईट्टा उद्योग भित्र रोकी राखेको ना ३ त ७५१ नं. को ट्याक्टरमा चडी खेल्ने क्रममा गेयर चलाई न्युटल भई गुड्न जाँदा यसै ईट्टा भट्टामा काम गर्ने कामदार जिल्ला काभ्रे घर भएको केशब परियारको छोरा वर्ष ४ को आयुस परियार घाईते भई उपचारको लागी पुरानो मेडीकल कलेज भरतपुर पठाईएकोमा उपचारको क्रममा निज बालकको मृत्यु भएको, लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
३० किलोग्राम लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-०९-०८

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट बजार स्थित पृथ्विलोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चौकी बैरेनिबाट प्रहरी नायव निरीक्षक र अस्थाई पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो,हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अन्दाजी ३० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला धादिङ गजुरी गाउँपालिका-७ बस्ने वर्ष ३५ को चन्द बहादुर तामाङ, सोहि बस्ने वर्ष १९ को युके तामा र सोहि बस्ने अन्दाजी वर्ष ४५ को चन्द बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।