प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी एकको मृत्यु

२०७९-१२-२९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-३ स्थित तल्लो खिल्बुक बस्ने वर्ष अन्दाजी  ४० को राज कुमार मगर आफ्नै घरको काठको निदालमा खाँदाको डोरीले पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  

 

 

सम्बन्धित समाचार
भोटेकोशी बाढी अपडेट: १ हजार ३ सय ६५ जनाको शव फोला
२०८३-०५-२४

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ :०० बजे सम्म १ हजार ३ सय ६५ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ७४ जना, नुवाकोटमा १ सय ९७ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २६ जना र नवलपरासी पश्‍चिम २ सय २२ जना गरी १ हजार ३ सय ६५ जनाको शव फेला परेको हो ।  फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार १ सय ४८ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ४ सय १२ गरी कुल २ हजार ६ सय ९८ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय १० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।              बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ३० जना व्यक्तिहरूलाई राखिएको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-२३

मिति २०८३।०५।२३ गते अन्दाजी १०:४० बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१० बसपार्क स्थितमा खटिएको प्रहरी टोलीले बसपार्कमा बसी रहेको अबस्थामा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-११ बस्ने बर्ष अन्दाजी १९ कि एन्जल श्रेष्ठलाई शंका लागी निजले बोकेको झोला चेकजाँच गर्दा झोला भित्र लागुऔषध डाइजेपाम ६ एम्पुल, फेनेरागन ४ एम्पुल, नुरफिङ ५ एम्पुल गरी जम्मा १५ एम्पुल लागुऔषध फेला पारी सोधपुछ गर्दा उक्त झोला निजको साथी बसपार्क पशुपति काउण्टरमा काम गर्ने जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१२ बस्ने बर्ष अन्दाजी २६ को निम लामाको रहेको भनि जानकारी गराएकोले उक्त लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी पक्राउ गरेको सम्बन्धमा
२०८३-०५-२३

मिति २०८३।०५।२३ गते अन्दाजी १६:४० बजेको समयमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका- ७ बस्ने बर्ष २३ को काले भन्ने दिपक योन्जनलाई मिति २०८२।०५।०८ गतेको सिन्धुली जिल्ला अदालतको फैसला अनुसार स्कुटर चोरी (मु.नं.०७८-८१-०१३१) मुद्दामा १ बर्ष कैद र रु.१०,०००।– जरिवाना र निजकै नाममा सिन्धुली जिल्ला अदालको मिति २०८२।०५।०१ गतेको फैसला अनुसार मोटरसाईकल चोरी (मु.नं.०७८-८१-०१३२) मुद्दामा १ बर्ष कैद र रु.१०,०००।– जरिवाना फैसला भई फरार रहेको फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

आत्मादाह प्रयास गरे सम्बन्धी
२०८३-०५-२३

२०८३।०५।२३ गते अन्दाजी १७:३० बजेको समयमा जिल्ला दोलखा भिमेश्वर नगरपालिका- ३ सातदोबाटो चोक स्थित जिल्ला रामेछाप गोकुलगांगा गाँउपालिका- १ चुचुरे घर भई हाल जिल्ला दोलखा भिमेश्वर नगरपालिका- ६ स्थित रहेको गुन्द्रुक थकाली चार्जिङ स्टेसनमा काम गर्ने बर्ष अन्दाजी २५/२६ को  बिमल खत्री बा.प्र.०२०३३ प ३७३७ नं. को स्कुटरमा तामाकोशी तर्फ बाट आई अचानक स्कुटर रोकी लडाई  स्कुटरबाट पेट्रोल निकाली आफ्नो शरिरमा छर्की रहेको अवस्थामा स्थानिय र प्रहरी टोलिले देखी तत्काल उद्धार गरी उपचारको लागि पशुपति चौलागाई स्मृति अस्पताल दोलखा पठाएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।  

खोलामा हामफालेको मानिसलाई उद्धार गरेको सम्बन्धमा
२०८३-०५-२३

मिति २०८३।०५।२३ गते अन्दाजी १५:०० बजेको समयमा जिल्ला काभ्रे भुम्लु गाँउपालिका-१० चाखोला स्थित अरनिको राजमार्ग सडक छेउबाट काठमाण्डौबाट चौतारा तर्फ जादै गरेको प्रदेश ०३-००१ ज ४०५ नं.को ईभि. गाडीमा सवार यात्रु जिल्ला नुवाकोट बिदुर नगरपालिका- ८ घर भई हाल नेपाली सेनाको श्री ईन्द्रध्वज गण चौतारामा कार्यरत अमल्दार  वर्ष अन्दाजी २९ को आशिष रानाले पिसाब लाग्यो गाडी रोक्नु भनि गाडीबाट अचानक झरि सडकबाट अन्दाजी १५ मिटर तल चाखोलामा मर्छु भनि हाम फालेको छ भन्ने खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरीको टोली खटि गई निजलाई उद्धार गरि उपचारको लागि दोलालघाट पोलिक्लिनिक अस्पताल पठाएको, शरिरमा कुनै पनि चोट नदेखिएको अवस्था सामान्य, थप उपचारको लागि नेपाली सेनाको छाउनी अस्पताल काठमाण्डौ पठाईएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।