प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०७९-१२-२६

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी कार्यालय मातहतका बागमती प्रदेश प्रहरी गण, हेटौंडा तथा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म, हेटौंडाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूको वस्तुस्थिति र सम्पादित कार्यहरूको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेका क्‍वाटरगार्ड, उद्दार सम्बन्धी उपकरण तथा विभिन्न शाखाहरूको निरीक्षण गर्नुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमण पश्चात् प्रहरी नायव महानिरीक्षक राणाले आफूलाई दिईएको जिम्मेवारी प्रभावकारी ढंगले, उच्च मनोवल र अनुशासित तवरले सम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपलबोट स्थित महेन्द्र राजमार्गमा प्रहरी चेकिङ टोलीले हेटौंडाबाट बारा तर्फ जाँदै गरेको BR1AP6073 नम्बरको भारतीय गाडीलाई शंका लागी चेकजाँच गर्दा गाडीको बोनट, चालक सिट तल खुट्टा राख्ने स्थान र चालकको साइडको सिट तल खुट्टा राख्ने स्थानमा फल्सबटम बनाई लुकाई छिपाइ राखेको अवस्थामा लागुऔषध गाँजा १९ पोका शुद्ध तौल ४२ के.जी. ४१० ग्राम प्याक गरीएको प्लास्टिक सहित फेला पारी गाडी चालक देश भारत जिल्ला बैसाली महुवा टोल बस्ने बर्ष अन्दाजी-२५ को बिर्जु कुमार राय र सोहि गाडीमा सवार सोही स्थान बस्ने बर्ष अन्दाजी-२६ को मन्जय कुमार राय लाई नियन्त्रणमा लिइ थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१०

चितवन, भरतपुर महानगरपालिका- ३ बेलचोक स्थितमा जिल्ला गोरखा घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका- ३ बेल्चोक स्थितमा डेरा कोठा गरी बस्ने वर्ष १८ को रोशन भन्ने अन्जन गुरुङको डेरा कोठामा लागुऔषध विक्रि वितरण तथा सेवन गरेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलिले निज अन्जन गुरुङले बोक्ने कालो रङको साइड ब्यागमा प्लास्टिक भित्र पोको पारी राखेको अवस्थामा लागुऔषध डाइजेपाम २२ एम्पुल, नुरफिन २२ एम्पुल, प्रोमिथाजिन २२ एम्पुल, नगद रु,१२७५।– (बार सय पचहत्तर) सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्यभईरहेको छ ।

कारको फल्स बटममा लुकाएर ल्याएको १४.१८० किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ
२०८३-०७-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने धातुसहित चार जना पक्राउ परेका छन्।२०८३ साल कात्तिक ८ गते करिब १५:१५ बजेको समयमा प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट प्रहरी नायब निरीक्षक प्रमोद कुमार साहको कमाण्डमा खटिएको चेकिङ टोलीले भारतको रक्सोलबाट काठमाडौं जाँदै गरेको बा २ च ७०७९ नम्बरको कार रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाई चाँदीजस्तो देखिने धातु लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। उक्त धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको छ।बरामद धातुसहित कारमा सवार चार जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा राखिएको छ। बरामद धातुको प्रकृति तथा घटनासम्बन्धी अन्य विवरणबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा भारतको रक्सोल बस्ने करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देवी सोनार, चालकको १७ वर्षीय छोरा र चालककी भान्जी अं. २० वर्षीया नन्दनी कुमारी साह रहेका छन्।