प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

तीन जिल्लामा झुण्डी मृत्यु

२०७९-१२-२३

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-१, कल्याणपुर बस्ने अन्दाजी ६१ वर्षीय जंग बहादुर भुजेलले आफ्नै घरको कोठाको बलोमा नाईनलको डोरीले पासो लगाई झुण्डी मृत्यु अवस्थामा निजको श्रीमती हरीमया भुजेलले फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

काभ्रे, पनौती नगरपालिका-१, स्थित खमले भन्ने स्थानमा ६४ वर्षीय बाल कृष्ण सापकोटा घर देखी अन्दाजी ५०० मिटर तल खमाले जंगलमा रहेको चिलाउनेको रूखमा आफुले कम्मरमा बांधेको पटुकाको पासो लगाई झुन्डी मृत्यु भएको अवस्थामा भेटिएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-९, सुकौरा स्थित बस्ने अन्दाजी ५०।५१ वर्षीय रामकृष्ण गौली आफ्नै घर नजिकै रहेको चिलाउनेको रुखमा प्लाष्टिकको डोरिको पासो लगाई झण्डी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।