प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-१२-१८

  • A
  • A-
  • A+
Share

रामेछाप, खांडादेवी गाउँपालिका-१, डाँडा गाउँ स्थित दिमिपोखरीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा १६ च ३२२५ नं.को बोलेरो सडकबाट अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुँदा चालक जिल्ला रामेछाप खाँडादेवी गाउँपालिका-७ बस्ने वर्ष ३३ को कालुमान तामाङको घटनास्थलमै मृत्यु भएको छ । उक्त बोलेरोमा सवार अन्य मानिसहरूको उपचार धुलिखेल अस्पतालमा भईरहेको छ ।  


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१०

चितवन, रत्ननगर नगरपालिका-१४, पारिजात चोक स्थितमा प्रहरी चौकी जुटपानीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा जिल्ला चितवन रत्ननगर नगरपालिका-१६ बस्ने ३५ वर्षीय हरी बिष्टको साथबाट लागुऔषध ब्राउन सुगर ३२० मिलीग्राम, जिल्ला बारा कलैया नगरपालिका-७ घर भई हाल जिल्ला चितवन कालिका नगरपालिका-६ बस्ने ४० वर्षीय अबदुल अन्सारी भन्ने नेजाबुद अन्सारीको साथबाट १४० मिलीग्राम ब्राउन सुगर  र जिल्ला चितवन रत्ननगर नगरपालिका-१४ बस्ने ४० वर्षीय बलराम श्रेष्ठको लागुऔषध सहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा पठाएको छ ।