प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित एक जना पक्राउ

२०७९-१२-१५

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-१३, ठाडो टोल बस्ने अन्दाजी २१ वर्षीय बिनोद स्याङतानले आफ्नै घरमा लागुऔषध राखेको बिशेष सूचनाको आधारमा प्रहरी चौकी पदमपोखरीबाट प्रहरी टोलि खटी गई घर खानतलासी गर्दा निजको घरबाट लागुऔषध नाईट्राभेट ३१ पिस ट्याब्लेट, ट्रामाडोल ९० पिस ट्याब्लेट, डाईजोपाम १ ऐम्पुल (2ML) फेला परेकोले निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।