प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित एक जना पक्राउ

२०७९-१२-१४

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-६, माझीटार प्रहरी चेक प्वाईन्ट स्थित वि.पि. राजमार्गमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलिले आवात जावात गर्ने सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा ५ ख ३५५ नम्बरको हायसमा सवार जिल्ला सुनसरी, धरान उप-महानगरपालिका-१८ बस्ने २७ वर्षीय रोनाल्ड लिम्बुको साथबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १०० मिलिग्राम र SPM-PRX + लेखिएको १० वटा क्याप्सुल समेत फेला पारी निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।