प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

२०७९-१२-१०

  • A
  • A-
  • A+
Share

सिन्धुली, हरिहरपुरगढी-४, मदन-भण्डारी राजमार्गमा मकवानपुरबाट सिन्धुली तर्फ आउँदै गरेको ३८६७ नम्बरको NS मोटरसाईकल र विपरीत दिशा सिन्धुलीबाट महेन्द्रझाडी तर्फ जाँदै गरेको प्र २-०३-०१३ प ३४४६ नम्बरको मोटरसाईकल एक-आपसमा ठक्कर भई दुर्घटना हुदाँ ३८६७ नम्बरको NS मोटरसाईकल चालक जिल्ला मकवानपुर, हटौंडा उपमहानगरपालिका-३ बस्ने प्रनिष चौलागाईको प्राथामिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको छ । अन्य घाईतेहरु जिल्ला अस्पताल सिन्धुलीमा उपचार भईरहेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।