प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लडी घाईते भई उपचारको क्रममा मृत्यु

२०७९-१२-०८

  • A
  • A-
  • A+
Share

रसुवा, गोसाईकुण्ड गाउँपालिका-२, तातोपानी टिमुरे स्थित चाईना ईन्टरनेशनल वाटर कर्पोरेसन हाईड्रोपावरमा काम गर्ने कामदार जिल्ला कैलाली, टिकापुर नगरपालिका-१ स्थायी घर भएका ४८ वर्षीय सुधिराम चौधरी काम गर्ने क्रममा अन्दाजी १४ फिट माथिबाट खस्दा घाईते भई तत्काल स्थानिय अस्पतालमा उपचार गराई थप उपचारको लागी जिल्ला ललितपुर, सानेपा स्थित स्टार अस्पतालमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रण सम्बन्धमा
२०८३-०३-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट स्थित सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले नियमित सवारी तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०५९३ नम्बरको यात्रुवाहक EV गाडीमा सवार भई आएका मकवानपुर जिल्ला, मनहरी गाउँपालिका–७ निवासी अन्दाजी २३ वर्षीय सुमन गोङ्बालाई शङ्काको आधारमा कानुन बमोजिम खानतलासी गर्दा निजको साथबाट प्रतिबन्धित लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५२० मिलिग्राम बरामद भएपछि उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिइ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।