चितवन, सिन्धुपाल्चोक र धादिङमा झुण्डी मृत्यु
२०७९-११-३०
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-४, देवौली बस्ने अन्दाजी ५८ वर्षीय श्याम राजा ठकुरी आफ्नै घरको कोठामा फलामको पाइपमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । त्यसै गरि भरतपुर महानगरपालिका-१८, गाजीपुर बस्ने ६१ वर्षीय कालु गुरुङ आफ्नै घरको कोठामा काठको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका-८, मानेश्वरा खिपिङ बस्ने ५५ वर्षीय नेत्र बहादुर पौड्याल गिद्धे सामुदायिक वनको मौवाको रुखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । त्यसै गरि ईन्द्रावती गाउँपालिका-२, भोर्ले बस्ने अन्दाजी ४७ वर्षीया सरिता तामाङ आफ्नै घरको कोठामा पङ्खा झुण्ड्याउन बनाएको सिलिङको हुकमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
धादिङ, सिद्धलेक गाउँपालिका-२, आंखिले बस्ने अन्दाजी ३०/३१ वर्षीय पवन बागदाश आफ्नै घरदेखि अन्दाजी ७ किलोमिटर पूर्वमा रहेको लामीडांडा सामुदायिक वनमा बरको रूखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।