प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

२१ किलो लागुऔषध गाँजा बरामद

२०७९-११-३०

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-१, गजुरी बजार चेक पोष्ट स्थित पृथ्वी लोकमार्गमा ईलाका प्रहरी कार्यालय, गजुरीको टोलीले चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख २११९ नम्बरको बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय चन्द्र बहादुर तामाङ र सोही ठेगाना बस्ने ४० वर्षीय राज कुमार तामाङको साथमा रहेको झोलामा जम्मा २१ किलो लागुऔषध गाँजा फेला पारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।