प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

२०७९-११-२८

  • A
  • A-
  • A+
Share

सिन्धुली, फिक्कल गाउँपालिका-४, कुईभिर स्थित मध्य पहाडी लोकमार्गमा ओखलढुङ्गाबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकको भित्तामा ठोक्किदा बसमा सवार ३६ जना यात्रु मध्ये हालसम्म पुरुष-३, महिला-३ गरी जम्मा ६ जनाको मृत्यु भएको र चालक सहित ३० जना घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको । घाईतेहरूलाई सुनकोशी सामुदायिक अस्पताल र शुभ जीवन अस्पताल, खुर्कोटमा ल्याई उपचार भईरहेको छ । यस सवारी दुर्घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।