प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना हुदाँ दुईको मृत्यु

२०७९-११-२४

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७, हटिया कठायत चोक स्थित हेटौंडा फापरबारी सडक खण्डमा हेटौंडाबाट ठुलो दमार तर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बा प्र ०३-०५ प ७११ नम्बरको स्कुटर एक-आपसमा ठक्कर भई दुर्घटना हुदाँ मोटरसाईकल चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८, भालुखोला बस्ने अन्दाजी १८ वर्षीय अर्जुन बम्जन अस्पताल पुग्नासाथ मृत्यु भएको र स्कुटर चालक जिल्ला नुवाकोट, ककनी नगरपालिका-४ बस्ने अन्दाजी २८ वर्षीया जिना लामाको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।