विभिन्न जिल्लामा झुण्डी मृत्यु
२०७९-११-२४
- A
- A-
- A+
दोलखा, शैलुङ गाउँपालिका-३, फोक्टे घर भई हाल काठमाण्डौ बस्दै आएको अन्दाजी ५२ वर्षीय नारायण श्रेष्ठ जिल्ला दोलखा, भिमेश्वर नगरपालिका-९, एक्लेपाखा सामुदायिक वनमा खरानेको रुखमा रुखको जराको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, हेटौडा उपनगरपालिका-१४, बदेलधाप बस्ने १४ वर्षीया किशिला विश्वकर्मा आफ्नै घरको कोठा भित्र रहेको सिलिङ पंखामा सलको पासो लगाई झुण्डी मृत्यु भएको थियो । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-२८,
गोलाघाट स्थित नानुमाया कुमालको गोठमा सोही ठेगाना बस्ने ७० वर्षीय धन बहादुर कुमाल
फलामको पाईपमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप
अनुसन्धान कार्य भईरहेको छ ।