प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै जिल्लामा मानिस मृत अवस्थामा फेला

२०७९-११-२२

  • A
  • A-
  • A+
Share

नुवाकोट, किस्पाङ गाउँपालिका-४, साल्मे बस्ने अन्दाजी ६० वर्षीय कृष्ण बहादुर घले हाल नुवाकोट बिदुर नगरपालिका-१, सिमुटार सुकुम्बासी टोलमा बसोबास गर्दै आएको र निज बा ८१ प ५३८३ नम्बरको मोटरसाईकल लिई हिडेकोमा मेगाङ गाउँपालिका-२, बुङताङबाट साल्मे तर्फ जाने भित्री कच्ची सडक खण्डबाट अन्दाजी २०० मिटर तल मृत अवस्थामा फेला परेको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका-१, नारायणी नदी किनारमा हेटौडा उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय सौरभ पाठकको लास फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।