प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङ र नुवाकोटमा झुण्डी मृत्यु

२०७९-११-२०

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-१, उप्रेतीगाउँ स्थित बस्ने ३२ वर्षीय सन्देश परियार घरभन्दा अन्दाजी २५/३० मिटर पश्चिम पट्टी बारीमा खनायोको रूखमा कपडाको पासो लगाई झुण्डी मृत्यु  भएको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

नुवाकोट, शिवपुरी गाउँपालिका-८, थानापती स्थित बस्ने अन्दाजी २७ वर्षीय राम बहादुर तामाङले आफ्नै घरको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट लाङघाली चोक स्थित बस्ने वर्ष ३५ को पुर्ण बहादुर थापा मगरको घरमा लागुऔषध गाँजा बेचबिखन हुन्छ भन्ने गोप्य सुचनाको आधारमा वाडा प्रहरी कार्यालय, चितवनबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको सिभिल टोलिले निजको घरको कोठा चेकजाँच गर्ने क्रममा निजले लुकाई राखेको अन्दाजी २ किलोग्राम ३६ ग्राम गाँजा फेला परेको । निज सँग रहेका जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-३, बस्ने वर्ष २० को पुजन राना मगर र जिल्ला पर्सा बिरगंज घर भई हाल भरतपुर महानगरपालिका-४, बस्ने वर्ष २३ को बिशेष चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।