प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-११-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-५, प्रहरी चौकी चैनपुरबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको टोलीले पलासेबाट मनहरी तर्फ आउँदै गरेको ना २ ह ५७०१ न.को अटोलाई शंका लागी चेकजाँच गर्दा लागुऔषध गाँजा ४ के.जी ६०० ग्राम फेला परेको थियो । उक्त अटोमा सवार देश भारत मोतिहारी बिश्रामपुर ग्राम बस्ने वर्ष १७ को दिपु कुमार चौहान र सोहि बस्ने वर्ष २० को बिक्की कुमार चौहानलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।