प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखा:- लास फेला

२०७८-०६-१५

  • A
  • A-
  • A+
Share

असोज १५, भिमेश्वर नगरपालिका-८ गोठ्ठी गाँउ बस्ने बिष्णु बहादुर तामाङको छोरा वर्ष ३० को गणेश तामाङ चरिकोट जान्छु भनि हिडेकोमा घर नआए बेपत्ता भएका निजको आफन्तले खोजतलाश गर्दै जाने क्रममा निजकै घर देखि अन्दाजी ५० मिटर पश्चिम तर्फ रहेको काकाको बारीमा निधार र बाँया हातको चोरी औंलामा जनावरले टोकेको जस्तो देखिने चोट लागी मृत्त अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट लाङघाली चोक स्थित बस्ने वर्ष ३५ को पुर्ण बहादुर थापा मगरको घरमा लागुऔषध गाँजा बेचबिखन हुन्छ भन्ने गोप्य सुचनाको आधारमा वाडा प्रहरी कार्यालय, चितवनबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको सिभिल टोलिले निजको घरको कोठा चेकजाँच गर्ने क्रममा निजले लुकाई राखेको अन्दाजी २ किलोग्राम ३६ ग्राम गाँजा फेला परेको । निज सँग रहेका जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-३, बस्ने वर्ष २० को पुजन राना मगर र जिल्ला पर्सा बिरगंज घर भई हाल भरतपुर महानगरपालिका-४, बस्ने वर्ष २३ को बिशेष चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।